वीरगञ्ज नाका भएर सात महिनामा ४३ अर्बको इन्धन आयात

वीरगञ्ज नाका भएर सात महिनामा ४३ अर्बको इन्धन आयात

  • बुधबार, फाल्गुन ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

पर्सा, ९ फागुन ।
चालु आर्थिक वर्ष २०७४/७५ को सात महिनामा वीरगञ्ज नाका भएर रु ४३ अर्ब २५ करोड ९९ लाख मूल्य बराबरको इन्धन आयात गरिएको छ ।

साउनदेखि माघसम्म वीरगञ्ज नाकाबाट छ लाख ७८ हजार ४११ किलोलिटर पेट्रोलियम पदार्थ र एक लाख २२ हजार ९३९ मेट्रिक टन खाना पकाउने एलपिजी ग्यास आयात गरिएको छ ।

आव २०७३÷७४ को साउनदेखि माघसम्मको सात महिनामा वीरगञ्ज नाका भएर रु ३३ अर्ब १० करोड ६६ लाख मूल्यको पाँच लाख ५५ हजार २५६ किलोलिटर इन्धन र एक लाख २४६ मेट्रिक टन खाना पकाउने ग्यास आयात भएको थियो ।

गत वर्षको तुलनामा चालू आवमा रु १० अर्ब १५ करोड ३२ लाख मूल्यको एक लाख २३ हजार १५५ किलोलिटर इन्धन र २२ हजार ६९३ मेट्रिक टन खाना पकाउने ग्यास बढी आयात भएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख सेवन्तक पोखरेलले जानकारी दिनुभयो ।

भारतको रक्सौल, बरौनी डिपोबाट आयात गरिएको पेट्रोलियम पदार्थ र मथुरा, हल्दियालगायत स्थानबाट आयात गरिएको खाना पकाउने ग्यासबाट भन्सार कार्यालयले चालू आवको सात महिनामा रु नौ अर्ब ५९ करोड १२ लाख राजस्व संकलन गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ