ग्लोबल आइएमई बैंकको ७० औँ शाखारहित बैंकिङ्ग सेवा रुकुममा

ग्लोबल आइएमई बैंकको ७० औँ शाखारहित बैंकिङ्ग सेवा रुकुममा

  • बुधबार, फाल्गुन २, २०७४
  • मिर्मिरे अनलाइन

  • 12.4K
    SHARES

रुकुम,२ फागुन। ग्लोबल आइएमई बैंकले बुधबार देखि रुकुम जिल्लाको सानीभेरी गाउँपालिका ९, सिम्लीमा आफ्नो ७०औँ शाखारहित बैकिङ्ग सेवा सुरु गरेको छ । सानीभेरी गाउँपालिका ९, सिम्लीमा खोलिएको सेवाकोसानीभेरी गाउँपालिका प्रमुख नर बहादुर पुन ज्यूले एक समारोहका बीच उद्घाटन गर्नुभएको थियो । उक्त स्थानमा खोलिएको सेवाको लागि स्थानिय जीवन खड्का लाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ ।
कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरि ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ११५ वटा शाखा, १२७ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर ७० शाखा रहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरुमाझ सेवा प्रदान गर्दै आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आईरहेको छ । त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ