चितवन, २७ माघ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशी निर्भरताले नेपालको राष्ट्रिय अर्थतन्त्र धरासायी हुने बताउनु भएको छ ।
नेपाल अण्डा उत्पादक संघ केन्द्रीय समितिको १४ आँै साधारणसभा तथा आठौं अधिवेशन उद्घाटनका क्रममा उहाँले जुनसुकै क्षेत्रमा विदेशी लगानी भित्रिए मुलुकको अर्थतन्त्र सम्पूर्णरुपले विदेशीको कब्जामा जाने खतरा बढ्ने भएकाले सबै क्षेत्रमा विदेशी लगानी भित्रिन नहुने धाराण राख्नुभयो ।
उहाँले अहिलेको विश्वव्यापीकरणको दुनियाँमा कुनै खास क्षेत्रमा विदेशी लगानी ल्याएन भने पनि अर्थतन्त्रले गति लिन नसक्ने र त्यसमा जीवन्तता हुननसक्ने बताउनुभयो ।
हालै सम्पन्न निर्वाचनमा प्रगतिशील वामपन्थी गठबन्धनका पक्षमा अनि स्थायित्व र संमृृद्धिको पक्षमा जनमत प्रकट भएको भन्दै उहाँले त्यसैअनुरुप सरकारले राष्ट्रका तर्फबाट किसान हक हितका पक्षमा काम गर्नुपर्ने बताउनुभयो ।
राज्यले नीति र ऐन कानून, नियम निर्दे्शिकामा सुधार गर्ने कुरामा ध्यान पु¥याउन नसकेको उहाँको भनाई छ ।
सो अवसरमा नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टले १५ वर्ष देखिनै नेपाल पोल्ट्रीमा आत्मनिर्भर भएको भन्दै आत्मनिर्भरलाई निरन्तरता दिन रु १०÷१५ अर्ब वार्षिक लगानी थप्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
प्रदेश नं ३ का भूमि व्यवस्थापन कृषि विकास र सहकारी मन्त्रालयका सचिव डा बंसि शर्माले पोल्ट्री क्षेत्रमा विदेशी लगानी भित्र्याउने नीति नभएको बताउनुभयो ।
उद्योग वाणिज्य महासंघका सदस्य डा तिलचन्द्र भट्टराईले वार्षिक रु १७ अर्ब भन्दा बढीको मकै, भट्टमास, सूर्यमुखी पिनालगायतका कच्चा पदार्थ विदेशबाट आउने गरेको बताउनुभयो ।
अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष शिवराम केसीले किसानले लागत मूल्य पनि पाउन नसकेको, पोल्ट्री क्षेत्रमा विदेशी लगानी भित्रन थालेको, ब्याज छुट नपाएको लगायतका समस्याका बारेमा जानकारी गराउनुभएको थियो ।