चर्च निर्माणका लागि बजेट विनियोजन

चर्च निर्माणका लागि बजेट विनियोजन

  • शुक्रबार, माघ २६, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

रोल्पा, माघ २६ । रोल्पाको माडी गाउँपालिकाले क्रिश्चियन धर्म प्रवर्द्धनका लागि बजेट विनियोजन गरेको तथ्य बाहिर आएको छ ।

रोल्पाका टोलटोलमा चर्च स्थापना गरेका ईशाइ धर्मावलम्बीका लागि स्थापना गरिएका ‘मण्डली भवन’ निर्माणका लागि गाउँसभाबाटै बजेट छुट्याइएको हो ।

माडी गाउँपालिका वडा नम्बर ५ मा मन्डली भवन निर्माणका लागि ५० हजार रुपैयाँ विनियोजन गरिएको छ । त्यसैगरी वडा नम्बर १ मा ‘काफलनेटा मन्डली भवन’ निर्माणका लागि ८० हजार छुट्याइएकोमा विवाद आएपछि रकम सोही प्रयोजनमा खर्च हुने गरी अहिले योजनाको नाम भने फेरिएको छ । कागजमा ‘काफलनेटा मन्डली भवन’ नाम परिवर्तन गरेर ‘काफलनेटा टोल फिल्ड निर्माण’ भनिएको छ ।

माडी गाउँपालिकाभित्रका धेरै विद्यालयमा भवन छैन, फर्निचर छैनन् तर जनप्रतिनिधिले मन्डली भवनमा बजेट खर्चिरहेका छन् ।

‘साझा क्षेत्रमा छुट्याउनुपर्ने बजेट कुनै एक धर्म विशेषका लागि छुट्टिनु राम्रो होइन,’ माडी गाउँपालिका घर भएका कांग्रेस रोल्पाका पूर्व सभापति कृष्णबहादुर घर्तीमगर भन्छन् । –नागरि

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ