निजी आवास पुनर्निर्माणका लागि थप ११ अर्बको अख्तियारी

निजी आवास पुनर्निर्माणका लागि थप ११ अर्बको अख्तियारी

  • बुधबार, माघ २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौं माघ २४।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणका लागि विभिन्न जिल्लामा किस्ता वितरण गर्न थप ११ अर्बको अख्तियारी दिएको छ ।

प्राधिकरणले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाइलाई यस्तो अख्तियारी दिएको हो ।

सबै जिल्लामा निजी आवास निर्माण उल्लेखनीय गतिमा बढिरहेकोले अनुदान रकमको माग उच्च हुन सक्ने भन्दै थप रकमको अख्तियारी दिएको प्राधिकरणले जनाएको छ ।

यस्तै थप ५ अर्ब रकमान्तरका लागि अर्थ मन्त्रालयलाई आग्रह समेत गरेको छ। जिल्लाबाट माग भएअनुसार रकम समेत पठाइसकेकोले ढुक्क भएर निजी आवास निर्माणलाई अघि बढाउन प्राधिकरणले लाभग्राहीलाई आग्रह गरेको छ ।

हिजो साँझसम्मको तथ्यांकअनुसार २ लाख ९१ हजार ८ सय ९५ घर निर्माणाधीन छन् भने दोस्रो किस्ताका लागि २ लाख २७ हजार ८ सय ५४ लाभग्राही प्रमाणीकरण भइसकेका छन् । निजी आवास निर्माणका लागि विश्व बैंकले दिने थप ३० अर्ब ऋण सहयोगको यही माघ पहिलो साता विश्व बैंक र अर्थ मन्त्रालयबीच सम्झौता भइसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ