चमेलिया जलविद्युतले व्यावसायीक उत्पादन सुरु गर्दै

चमेलिया जलविद्युतले व्यावसायीक उत्पादन सुरु गर्दै

  • बुधबार, माघ २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

दार्चुला, २४ माघ ।
आगामि माघ २७ गतेबाट राष्ट्रिय गौरवको आयोजना चमेलिया जलविद्युतले व्यावसायीक उत्पादन सुरु गर्ने भएको छ ।
आयोजनास्थल दार्चुलाको बलाचिमा माघ २७ गते प्रधानमन्त्री शेरबहादुर देउवाले औपचारिक उद्घाटन गर्ने र सोहिदिनमा उत्पादन सुरु गरिने आयोजना प्रमुख अजय दाहालले जानकारी दिनुभयो ।

सरकारी लगानीमा निर्माण भएको ३० मेगावाटको चमेलिया जलविद्युत्को उद्घाटनका लागि आयोजना स्थलमा आवश्यक तयारी थालिएको समेत उहाँले जानकारी दिनुभयो ।

आयोजनाले हाल १५÷१५ मेगावाटका दुई युनिटबाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडेको छ ।

आयोजना निर्माण शुरु भएको झण्डै ११ वर्षपछि विद्युत् उत्पादन भएको हो । आयोजना निर्माण सम्पन्न गर्ने निर्धा्रित लक्ष्यभन्दा ६ वर्ष बढी समय लागेको हो । आयोजना निर्माणमा भएको ढिलाइले लागत बढेर १६ अर्ब रुपैयाँमा पुगेको छ ।

आयोजनाले वार्षिक १८ करोड ४२ लाख युनिट बिजुली उत्पादन गर्ने जनाइएको छ । आयोजनाका अनुसार यसबाट वार्षिक रु एक अर्ब १० करोड आम्दानी हुनेछ । आयोजना चाइना गेजुवा ग्रुप अफ कम्पनी (सीजीजीसी) ले निर्माण गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ