सौराहाको पर्यटक आगन्तुक केन्द्र पुनःसञ्चालन

सौराहाको पर्यटक आगन्तुक केन्द्र पुनःसञ्चालन

  • शुक्रबार, माघ १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

चितवन, १९ माघ ।
विश्व सीमसार दिवसका अवसरमा पाँच वर्षदेखि बन्द रहेको चितवनको सौराहास्थित पर्यटक आगन्तुक केन्द्र आजदेखि पुनःसञ्चालनमा ल्याइएको छ ।

चितवन राष्ट्रिय निकुञ्ज र यस क्षेत्रमा पाइने वन्यजन्तु तथा वनस्पतिबारे सूचना उपलब्ध गराइने उक्त केन्द्र पुनःसञ्चालनमा ल्याईएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले उक्त केन्द्र शुभारम्भ गर्दै यसलाई अझै व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभयो ।

उक्त केन्द्रमा २०५० सालको बाढीले क्षति पु¥याएकामा गएको साउनको बाढीले थप डुबानमा पारेको र उचित मर्मत नहुँदा ओझेलमा परेको थियो ।

अब भने नियमितरुपमा यसलाई सञ्चालन गर्ने चितवन निकुञ्ज पूर्वी सेक्टर कार्यालयका प्रमुख अभिनय पाठकले बताउनु भएको छ ।

करिब रु तीन लाखको लागतमा केन्द्र सञ्चालनमा ल्याइएको उहाँले जानकारी दिनुभयो ।

यो केन्द्रमा चितवन निकुञ्जको वस्तुस्थितिका साथै वन्यजन्तु, गैंँडा, अर्नाको स्थानान्तरणको सूचना र सीमसारका जीवबारे जानकारी लिन सकिने बताईएको छ

केन्द्रमा गैँंडा, गौरीगाई, मृग, अर्ना, बाघको पञ्जालगायत वन्यजन्तुका अखेटोपहार समेत राखिएको छ ।

पर्यटन व्यवसायी तथा संरक्षणकर्मी वासु ढुंगाना, टीका गिरी तथा सदर चिडियाखाना जाउलाखेलका प्रमुख डा चिरञ्जीवी पोखरेलले सूचना केन्द्रलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

साथै दिवसको अवसरमा आज सौराहामा सरसफाइ कार्यक्रम गरिएको बाघ संरक्षण उपसमितिका संयोजक जितु तामाङले जानकारी दिनुभएको छ । सौराहामा तीन दिने कार्यक्रमसहित सीमसार दिवस मनाइँदै छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ