१९ माघ, काठमाडौं ।
पेट्रोलियम पदार्थको मूल्य पुनः बढेको छ । नेपाल आयल निगमले पेट्रोलमा एक रुपैयाँ, डिजेल र मटितेलमा दुई रुपैयाँ बढाइएको हो । हवाई इन्धनमा ५ रुपैयाँ मूल्य बढेको छ ।
भारतबाट आएको मूल्य सूचीअनुसार नयाँ दर कायम गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जनाकारी दिनुभयो ।
नयाँ मूल्य सूचि अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटिर एक सय चार रुपैयाँ पुगेको छ भने डिजेल र मटितेलको प्रतिलिटर ८३ रुपैयाँ कायम भएको छ । हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ बढाएर ९५ र्पुयाइएको छ ।
अन्तर्रा्ष्ट्रियतर्फ प्रतिलिटर १० डलर बढाइएको छ । मूल्य समायोजनपछि पनि निगमको घाटा १५ दिनमा ३० करोड रुपैयाँ पुग्ने निगमको अनुमान छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline