मनाङमुस्ताङका पर्यटन व्यवसायी ट्राउट माछापालनमा

मनाङमुस्ताङका पर्यटन व्यवसायी ट्राउट माछापालनमा

  • शनिबार, माघ १३, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

काठमाण्डौ, १३ माघ ।
हिमाली जिल्ला मनाङ, मुस्ताङ र सोलुखुम्बुका पर्यटन व्यवसायीले ट्राउट माछा पाल्न थालेका छन् ।

एशियाली विकास बैंकको सहयोगमा सञ्चालित उच्च पहाड कृषि व्यवसाय तथा जीविकोपार्जन सुधार परियोजनामार्फत ती जिल्लाका किसानले माछा पाल्न थालेका छन् । पर्यटन र स्थानीय आत्मनिर्भरताको उद्देश्यले ट्राउट पालन कार्यक्रम शुरु भएको परियोजनाका निर्देशक विजयकान्त झाले बताउनुभयो ।

एघार जिल्लामा ट्राउट पालनको सहायक परियोजना सञ्चालनमा छन् । अरु आठ जिल्लामा पहिलेदेखि नै पालन हुँदै आए पनि तीन जिल्लामा परियोजनाले शुरु गरेको निर्देशक झाले बताउनुभयो । त्यस क्षेत्रमा ट्राउट साढे दुई किलोसम्मको हुने गरेको छ । पर्यटन व्यवसायीले एक माछाको रु ३००÷४०० सम्ममा बेच्ने गरेका छन् ।

छ वर्ष पहिले उच्च पहाड र हिमालका १० जिल्लामा परियोजना शुरु भएको थियो । स्थानीयवासीले गर्दै आएको कृषि र पशुपालनलाई नै व्यावसायिक बनाउन परियोजनाले अनुदान सहयोग गर्दै आएको छ ।

परियोजनाले दुई हजार फिटभन्दा तलका क्षेत्रमा परियोजनाको २० प्रतिशत र किसानको ८० प्रतिशत तथा त्यसभन्दा बढी उचाइका ठाउँमा किसानको र परियोजना दुवैको ५०÷५० प्रतिशत लगानीमा विभिन्न सहायक परियोजना सञ्चालन गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ