नुवाकोट, १३ माघ ।
भूकम्पले बस्ती जोखिममा परी विस्थापित भएका नुवाकोट लच्याङका १४ परिवारलाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जग्गा गरिद गरी पुनःस्थापना शुरु गरेको छ ।
जोखिमपूर्ण बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा पुनःस्थापनाका लागि हल्देकालिकाको गोठडाँडामा चार रोपनी जग्गा खरिद गरी एकीकृत बस्ती निर्माण शुरु गरिएको पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयका निमित्त प्रमुख वेदप्रसाद गौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार सरकारी अनुदान सहयोगमा विस्थापितका लागि पुनःनिर्माणअन्तर्गत एकीकृत बस्तीको आवधारणानुसार आवास निर्माण गर्न लागिएको छ । निर्माण गर्न लागिएको एकीकृत बस्ती जिल्लाको पहिलो बस्ती हो ।
विसं २०७२ वैशाख १२ को ‘गोरखाभूकम्प’ले सूर्यगढी गाउँपालिका–१ लच्याङको भीरमुनि टोलका १४ परिवार बिस्थापित बनेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline