काठमाडौ ८ माघ ।
ल्होछारका कारण करिब एक सातादेखि बन्द रहेको उत्तरी छिमेकी मुलुक चीनसँग जोडिएको रसुवागढी नाका आजदेखि सन्चालनमा आएको छ ।
भन्सार नाका खुलेसँगै करिब तीन सय कन्टेनर सामान लिन केरुङतर्फ लागेका रसुवागढी भन्सार कार्यालयले जनाएको छ ।
माघ १ गतेदेखि चीनतर्फ सार्वजनिक बिदा परेकाले सामग्री आयात गर्न केरुङ पुगेका केही कन्टेनर त्यहीँ रोकिएका थिए ।
अहिले सामग्री आयातका लागि कर्मचारी र व्यवसायीहरु केरुङ पुगिसकेको नेपाली व्यवसायी मुकुन्द पौडेलले बताउनु भयो ।
चीनले अन्तर्रा्ष्ट्रिय नाकाकोरुपमा घोषणा गरेसँगै रसुवागढी नाकामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्ने गरेको छ ।
चीनबाट स्याउ, ऊन, तयारी कपडा, ज्याकेट, जुत्ता, विद्युतीय सामग्री, मोटरका सामग्री, कस्मेटिक सामान आयात गरिन्छ । नेपालबाट हस्तकलाका सामान, चाउचाउ, धागो, खुर्सानी, चिउरालगायतका सामग्री निर्यात हुने गरेको छ ।