टिचिङ हस्पिटलको चरम लापारवार्हि , जाजरकोटका विरामी कार्की ३१ घण्टादेखि इमरजेंसी बेडमा अलपत्र

टिचिङ हस्पिटलको चरम लापारवार्हि , जाजरकोटका विरामी कार्की ३१ घण्टादेखि इमरजेंसी बेडमा अलपत्र

  • शनिबार, माघ ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 15.2K
    SHARES

माघ ६, काठमान्डौं ।
आइसियूमा राखेर उपचार गर्नुपर्ने जाजरकोटका एक विरामीलाई शिक्षण अस्पतालले लामो समय देखि इमरजेन्सीमा राखिरहेको छ ।
जाजरकोट भेरी नगरपालिका ९ वान्नीका राम बहादुर कार्कीलाई ३१ घण्टादेखि इमर्जेन्सीको रेड एरियाको १७ नम्बर बेडमा राखिएको उनका आफन्तले जनाएका छन ।
नशासम्बन्धि बिरामि उनलाई नेपालगञ्जबाट ३ घण्टामा कि त नखनउ कि त काठमान्डौं लिएर अप्रेशन गर्नुपर्ने भनेपछि नखनउमा अप्रेशन गरेर उपचार भएको एकहप्ता पछि काठमान्डौंमा ल्याएका विरामी कार्कीलाई नियमित आइसियुमा राख्नुपर्ने भएपनि अस्पतालले वास्ता नगरेको उनिहरुको बताएका हुन ।
आइसियुमा राख्नुपर्ने विरामीलाई ३ घण्टा भन्दा बढि इमर्जेन्सीमा राख्न नहुने नियम हुदाहुदा अस्पतालाले गरिवको स्वास्थ्यमा खेलवाड गरिरहेको छ ।
अस्पतालमा आइसियुको व्यवस्था हुदाहुदैपनि आफुहरुलाई वास्ता नगरेको भन्दै विरामीका आफन्तले पत्रकारलाई गुहारिरहेका छन । अस्पताल प्रशासनसँग सम्पर्क गर्दा आज बिदाको दिन भएकाले कोहि नआएको भन्ने जवाफ कर्मचारीले दिएका छन् । प्रशासन प्रमुखसँग मोबाईलमा पटक पटक सम्पर्क गर्दा पनि उठेन । यतिसम्म कि हस्पििटलको इमरजन्सिमा सम्पर्क गर्दा पनि बिदाको दिन भएकाले इमरजन्सि ईन्चार्ज नआएको जवाफ आयो । बिरामिलाई किन बेवास्ता गरियो भन्ने प्रश्नमा बुझेर जवाफ दिन्छो भनेर पुन सम्पर्कमा नै आउन चाहेनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ