काठमाडौँ, ४ माघ ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी बढाएको छ ।
बुधवार रातिदेखि लागू हुनेगरी निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य बृद्धि गरिएको निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिनुभयो ।
अन्तर्रा्ष्ट्रिय बजारअनुसार पेट्रोलमा रु एक, डिजल र मट्टितेलमा रु दुई मूल्य बृद्धि गरिएको उहाँले बताउनु भयो ।
मूल्य बढेपछि पेट्रोल रु १०३ र डिजल तथा मट्टितेलको मूल्य रु ८१ कायम भएको छ ।
जनवरी १५ मा इण्डियन आयल कर्पोरेशन (आइओसी)ले पठाएको मूल्यका आधारमा मूल्य समायोजन गरिएको हो । प्रत्येक १५ दिनमा पेट्रोल, डिजल र मट्टितेलको मूल्यमात्रै आइओसीले पठाउँछ भने प्रत्येक १ तारिखमा सबै पेट्रोलियम पदार्थको मूल्य पठाउने गर्छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline