राष्ट्र बैकले पठायो सुनको कोटा वृद्धिमा सहमत जनाइदिन पत्र

राष्ट्र बैकले पठायो सुनको कोटा वृद्धिमा सहमत जनाइदिन पत्र

  • मङ्लबार, माघ २, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

बिहेको सिजनसँगै सुनको माग बढेपछि सरकारले सुनको कोटा बढाउने तयारी गरेको छ । राष्ट्र बैंकका विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख रमेशकुमार पोखरेलका अनुसार सुनको दैनिक कोटा बढाउन वाणिज्य मन्त्रालयमा प्रस्ताव गरिसकेको छ ।

राष्ट्र बैंकले सुन आयात गरेर व्यवसायीलाई बिक्री गर्ने अनुमति वाणिज्य बैंकलाई मात्र दिएको छ । वाणिज्य बैंकहरूले मुख्यत: दुबई, हङकङ, स्विटजरल्यान्ड, सिगापुरलगायत मुलुकबाट आयात गरी बिक्री गर्दै आएका छन् ।
हाल व्यवसायीले दैनिक २० किलो मात्रै खरिद गर्न पाउँछन् । माघबाट पुन बिहेको सिजन भएकाले राष्ट्र बैंकले कोटा बढाउन प्रस्ताव गरेको हो । पोखरेलका अनुसार बैंकले एक महिनाअघि नै पत्रचार गरेको थियो । सुनको कोटा सिजनल नभई दैनिक २५ किलोका लागि सिफारिस गरेको उनले बताए । राष्ट्र बैंकले एक महिनाअघि पत्रचार गरे पनि वाणिज्यले भने कुनै निर्णय गरिसकेको छैन । वाणिज्य मन्त्रालयका सहसचिव एवम् प्रवक्ता रविशंकर सैंजु प्राविधिक पक्ष अध्ययन भइरहेकाले निर्णय हुन ढिलाइ भएको बताए ।
‘

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ