काठमाडौं २ माघ ।
नेपाल राष्ट्र बैंकले त्रिचन्द्र कलेज १०० वर्ष पूरा भएको उपलक्ष्यमा विशेष सिक्का बजारमा ल्याउने भएको छ ।
मुलुककै पुरानो कलेज १०० वर्ष पुगेको उपलक्ष्यमा त्रिचन्द्र क्याम्पस प्रशासनले राष्ट्र बैंकलाई सिक्काका लागि अनुरोध गरेको थियो ।
केन्द्रीय बैंकको सञ्चालक समितिले सय र हजार रुपैयाँ दरका सिक्का छाप्ने निर्णय गरेको हो । दुबै सिक्का ३–३ हजार थान निस्कासन हुने जनाइएको छ ।
१ सय रुपैयाँ दरका सिक्का क्याप्रिनिकल धातुको हुने छ भने १ हजार रुपैयाँ दरको चाँदीको हुने छ । सिक्कामा घण्टाघर र त्रिचन्द्र क्याम्पसको भवनको प्रतिमा रहेने जनाईएको छ ।
सिक्कामा निस्कासन भएको मिति २०७४ पनि उल्लेख हुने छ । यो सिक्का चलनचल्तिका लागि भने निस्कासन नगरिएको सहप्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिनु भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline