फास्टट्रयाकको डिपिआर नबने पनि काठमाडौं तराई निजगढ द्रुतमार्ग निर्माण कार्य नरोकिने

फास्टट्रयाकको डिपिआर नबने पनि काठमाडौं तराई निजगढ द्रुतमार्ग निर्माण कार्य नरोकिने

  • मङ्लबार, माघ २, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौ माघ २ ।

बहुप्रतीक्षित योजना काठमाडौं(तराई निजगढ द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणको जिम्मा पाएको नेपाली सेनाले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) नबने पनि एक वर्षसम्म कुनै पनि काम नरोकिने दावी गरेको छ ।

फास्ट्रयाकको प्रगति विवरण बारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा सहायक रथी सूर्यराज खनालले यस्तो दावी गर्नुभएको हो ्।

खनालका अनुसार डिपिआर तयारी एउटा चुनौतिको रुपमा देखिएको तर एक वर्षसम्म कुनै पनि निर्माणको काम नरोकिने भएको छ ।

सेनाले अहिले एडिबीले तयार गरेको डिपिआर अनुसार नै काम भइरहेको र अब बन्ने डिपिआर पनि सोही अनुरुपको हुनसक्ने जनाएको छ ।

भारतीय कम्पनी इन्फास्ट्रक्चर लिजिङ एन्ड फाइनान्सियल सर्भिसेज तयार पारेको डिपिआर खरिद गर्ने सम्बन्धमा वार्ता टोली गठन गरी अन्तिम राय सुझावसमेत पेश गरिसकेको सहायक रथी खनालले दावी गर्नुयभो ।

नेपाली सेनाले पहिलो पटक एसियाली गुणस्तरमा द्रुतमार्ग बनाउन लागेकाले गुणस्तरमा कुनै पनि सम्झौता नगर्ने दावी गरेको छ ।

निर्माणको लागि आवश्यक जनशक्ति तथा प्राविधिक नेपाली सेना,स्वदेशी तथा विदेशी निर्माण कम्पनी र स्थानीयलाई समेत परिचाल गर्ने सहायक रथी खनालले बताउनु भएको छ ।

द्रुतमार्ग मार्ग निर्माणको लागि पाँच स्थानहरु मख्खुबेसी, कुलेखानी, लेनडाँडा, बुदुने र बागदेवमा शिविर खडा भइसकेको र थप पाँच स्थानमा शिविर तयार गर्ने काम भइरहको पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

चार वर्ष्भित्र सम्पन्न गर्ने गरी नेपाल सरकारले गत बैशाख २१ गते ७६ दशमलव दुई किलोमिटरको द्रुतमार्ग निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो ।

सेनाले निर्धा्रित समयमा नै निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको जनाएको छ । पहिरो पन्छाउनेदेखि बारा जिल्लामा पर्ने रुख कटानीसमेत भइसकेको सेनाले बताएको छ । चार लेनमा बन्न लागेको आधुनिक द्रुत मार्गको चौडाइ तराईका जिल्लामा २७ मिटर र पहाडी क्षेत्रमा २५ मिटर हुनेछ ।

साथै उक्त मार्गमा साना ठूला गरी ९९ सय वटा पुल र बनाईने भएको छ । आधुनिक पुल र सुरुङ मार्ग निर्माणको जिम्मेवारी भने विदेशी ठेकेदार कम्पनीलाई दिने सेनाको तयारी रहेको छ । निर्माणको लागि अहिले अहिले ३ सय ३१ जना सेना खटिएका छन ्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ