काठमाडौं , पुस ३० ।
मेलम्ची खानेपानी आयोजना निर्माण निर्धा्रित समयमै नसकिने सम्भावना बढ्दै गएको छ ।
विसं २०५५ कार्तिक २३ गतेबाट सुरु गरिएको आयोजना सम्पन्न हुन अझै ६ महिना कुर्नुपर्ने भएको छ ।
आयोजना अन्तर्गत खन्नुपर्ने २७ दशमलव ५८ किलोमिटर मध्ये अब ४ सय १२ मिटर मात्रै खन्न बाँकी छ ।
तर फिनिसिङ र हेडवक्र्सको कामका साथै सुरङ्गभित्र ढलान लगायत अन्य कामका लागि समय लाग्ने भएकाले पनि काममा ढिलाइ भएको हो ।
मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्त भौगोलिक जटिलताका कारण कामदारको सुरक्षामा सम्झौता गर्ने स्थिती नभएकाले फाष्ट ट्रयाकमा काम गर्न नसकिने बताउनुभयो ।
हाल दैनिक बढीमा ३ मिटर मात्रै सुरुङ खन्ने काम हुँदैछ । यसअघि दैनिक १७ मिटरसम्म खन्ने गरिएको थियो ।
पुराना औजार, ठेकेदारको कमजोर कार्यक्षमता, निर्माण सामग्री आयात तथा कमजोर भौगोलिक अवस्थाले लक्ष्यअनुसार काम नभएको उहाँले बताउनु भयो ।