सरकारी स्वामित्वको हेटौडा सिमेन्टले गर्यो मुल्यवृद्धि

सरकारी स्वामित्वको हेटौडा सिमेन्टले गर्यो मुल्यवृद्धि

  • शनिबार, पुस २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

मकवानपुर ,पुस २९ ।
सरकारी स्वामित्वमा रहेको हेटौडा सिमेन्ट उद्योगले प्रतिबोरा सय रुपैयाँ भन्दा बढी मुल्य वृद्धि गरेको छ ।

उद्योगको संचालक समितिको बैठकले प्रतिबोरा सिमेन्टमा १ सय ३ रुपैयाँ ३५ पैसा मुल्यवृद्धि गरेको छ । अहिले सिमेन्टको मुल्य भ्याट सहित प्रतिबोरा ९ सय १२ रुपैयाँ बिक्री मुल्य पुगेको छ ।

उद्योगले यसअघि ५० केजीको बोराको सिमेन्ट उद्योगबाट डिलरलाई प्रतिबोरा ७ सय ९५ रुपैयाँमा विक्री गर्दै आएको थियो ।

उद्योगले डिलरलाई दिदै आएको कमिशनमा समेत बृद्धि गरेको छ । प्रतिबोरा १० रुपैयाँ कमिशन दिदै आएकोमा अब १५ रुपैयाँ र्पुयाएको छ ।

मुल्यबृद्धि गर्नु अघि उपभोक्ताले प्रतिबोरा ८ सय ३० रुपैयाँमा सिमेन्ट खरिद गथ्र्यो भने अहिले ९ सय ४० रुपैयाँ प्रतिबोरा सिमेन्टको मूल्य रहेको छ । ९ सय ४० रुपैयाँमा हेटौंडाका डिलरहरुले सिमेन्ट बिक्री गरिरहेका छन् ।

शिवम्, उदयपुर लगायत सिमेन्ट उद्योगहरुले सिमेन्टको मुल्यबृद्धि गरेको र कच्चा पदार्थहरुको मुल्यबृद्धि भएकाले बाध्य भएर हेटौंडा सिमेन्ट उद्योगले पनि मुल्य बृद्धि गर्नु परेको संचालक समितिका अध्यक्ष रघुरमण न्यौपानेले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ