डिडिसीको घ्यु बेचेको ३ करोड कर्मचारीले मिलेर यसरी खाएछन्

डिडिसीको घ्यु बेचेको ३ करोड कर्मचारीले मिलेर यसरी खाएछन्

  • बिहिबार, पुस २७, २०७४
  • मिर्मिरे अनलाइन

  • 17.3K
    SHARES

दुग्ध विकास संस्थान ( डिडिसी ) सरकारी स्वामित्वको संस्थान हो । यसलाई राजनीतिक दलहरु खास गरी काग्रेस, एमाले र माओवादी सम्बद्ध कर्मचारी नेताहरुले ब्रम्हलुट गर्ने थलो बनाएको खुलासा भएको छ ।
यति सम्म कि मुख्य तीन दल आवद्ध कर्मचारी युनियनका नेताहरु मिलेर घ्यु, दुध लगायत उत्पादन विक्रीको तीन करोड खाएको खुलेको हो ।
अहिलेको नयाँ सञ्चालक समितिले उक्त कुरा पत्ता लगाए पछि पैसा बुझाउन पत्र नै काटेको छ ।
बालाजु, लैनचौर, हेटौडा,धनगढी लगायतका आयोजना शाखाबाट ३ करोड बढी बक्यौता देखाएर कर्मचारीहरुले मिलेमतो गरी दुध घ्युको रकम खाएको देखिए पछि उक्त रकम असुलीका लागि सञ्चालक समितिको तर्फबाट अध्यक्ष रघु गौतमले पत्राचार नै गरेका छन् ।
उनले ती शाखाहरुलाई पत्राचार गरी राजस्व हिनामिना र क्षतिपुर्ति गरी ३ करोड रुपैया अविलम्ब असुल्न पत्राचार गरेका हुन् ।
हाल संस्थानको निमित्ति महाप्रवन्धक रहेका ईश्वरी अधिकारि  पैसा हिनामिनामा संलग्न काग्रेस एमाले र माओवादी आवद्ध कर्मचारी ट्रेड युनियनका पदाधीकारीहरु नै रहेकाले कार्बाही गर्न डराईरहेको पनि खुलेको छ ।
उनले आफू महाप्रवन्धक हुन चौतर्फी प्रयास गरीरहेका छन् भने सत्तारुढ काग्रेसले आफू अनुकुलको नया महाप्रवन्धक ल्याउने प्रयास गरीरहेको छ । अब केही समय भित्र नयाँ महाप्रवन्धकको व्यवस्था हुने पनि जनाईएको छ । यसमा पनि ठूलो रकमको चलखेलको प्रयास भईरहेको बताईएको छ ।


तर अध्यक्ष गौतमले संस्थानको रकम जसरी पनि असुल्ने र नतिर्ने कर्मचारीलाई कार्बाही गरेरै छाड्ने बताउछन् ।
संस्थान जहिले घाटामा गएको देखिनुको मुख्य कारण पनि घुस, कमिसन र भ्रष्टाचार नै जिम्मेवार रहेको यसै घटनाबाट पनि प्रमाणित हुन्छ ।
डिडिसी डुबाएर खानेहरुको नाम सहित अर्को समाचारमा प्रकाशित गरिने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी