नेता श्वास्थ्य परीक्षणका लागि विदेशतिर, खेलाडीको मृगौला फेल हुदाँ चन्दाको भर ?

नेता श्वास्थ्य परीक्षणका लागि विदेशतिर, खेलाडीको मृगौला फेल हुदाँ चन्दाको भर ?

  • बुधबार, पुस २६, २०७४
  • मिर्मिरे अनलाइन

  • 14.3K
    SHARES

नेपालमा राष्ट्रिय हैसियत बनाएका प्राय सबै जसो राजनीतिक दलका नेताहरुको उपचार भारत, थाईल्याण्ड, सिंगापुर, अमेरीका , जापान लगायतका मुलुकमा उपचार हुने गरेको छ । तर सर्वसाधारण साधारण झाडा पखाला र ज्वरोले मर्नु परीरहेको खबर आईरहेकै छन् ।
आजै मात्र पुर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली थाईल्याण्ड श्वास्थ्य परीक्षणका लागि भन्दै हिडेका छन् । यही दिन आजैको साmभँ राष्ट्रिय नाचघरमा एक जना युवा टाउको निहुराएर बसिरहेका थिए । उनी हुन कुस्ती खेलाडी शिब कुवर ।
२२ वर्षको कलिलो उमेरमै उनको दुवै मृगौला फेल भए पछि उनको उपचारमा सहयोग जुटाउन राष्ट्रिय चर्चित गायकहरु गीत गाईरहेका थिए नाचघरमा । कार्यक्रममा उद्योगमन्त्री सुनील बहादुर थापा सहित विभिन्न कलाकारहरु उपस्थित थिए ।
धनकुटाका शिबका लागि उपचारको सहयोग पुर्याउन एवीसी टिभिको कार्यक्रम ईन्द्रेणी मार्फत कार्यक्रमको व्यवस्थापन गरिएको थियो ।
कार्यक्रममा अष्ट्रेलियाबाट नेपाली युवाहरुले एक लाख ५० हजार बढी,नेपाली सेनाका पुर्व हवल्दार दोलखाका नेत्र बहादुर बस्नेतले आफ्नो पेन्सनको ६ महिना बराबरको ६० हजार नगद सहयोग पुर्याएका थिए । गायक यम बराल, प्रमोद खरेल, पार्वती राई, शभ्मु राई लगायतका उपस्थित थिए । मृगौला पीडित शिबले आफूलाई अब बाचेर अझै देशका लागि केही गर्ने आशा पलाएको बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ