दश वटा ट्रक विभागकाे नियन्त्रणमा, कुन कुन सिमेन्टका ट्रक नियन्त्रणमा ?

दश वटा ट्रक विभागकाे नियन्त्रणमा, कुन कुन सिमेन्टका ट्रक नियन्त्रणमा ?

  • मङ्लबार, पुस २५, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

काठमाडौँ, २५ पुस  ।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले अनुगमनका क्रममा आज साँझ निर्माण सामग्री बोकेका दश वटा ट्रकलाई नियन्त्रणमा लिएको छ ।

अनुगमन अधिकृत निरज घिमिरेका अनुसार केही दिन अघि सिमेन्ट र छडको मूल्यवृद्धि भएपछि विभागले निर्माण सामग्रीको कालोबजारी भएको भन्दै अनुगमन तीव्र बनाएको हो ।
विभागले हेटौँडाबाट सिमेन्ट बोकेर काठमाडौँ आउँदै गरेको ट्रकलाई धादिङको धार्केमा नियन्त्रणमा लिएको अधिकृत घिमिरेले जानकारी दिनुभयो ।  शिबम सिमेन्ट, बृज सिमेन्ट,जगदम्बा सिमेन्ट त गोएङ्का सिमेन्टका उद्दोग बाट जारी गरियका बिल र गेट चलान सहित ट्रक लाई नियन्त्रणमा लिएको आपुर्ती बिभागले मिर्मिरेलाइ जनाएको छ ।

उहाँका अनुसार सिमेन्टको तौल र मूल्य तोकिएअनुसार नभए थप कारबाहीको प्रक्रिया अघि बढाइने छ ।चाडवाडका समयमा काठमाडौँ उपत्यकामा मात्र सीमित रही अनुगमन गरिरहेको विभागले पछिल्लो समय बजार व्यवस्थापन गर्ने क्रममा देशको विभिन्न स्थानमा गएर अनुगमन गरिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ