मापदण्ड विपरीतका ग्यास उद्योगलाई बिक्री वितरण नगर्न निर्देशन

मापदण्ड विपरीतका ग्यास उद्योगलाई बिक्री वितरण नगर्न निर्देशन

  • शुक्रबार, पुस २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

धुलिखेल, २१ पुस ।  गुणस्तर तथा नाप तौल विभागले काभ्रेपलाचोक जिल्लामा मापदण्ड विपरीत ग्यास उद्योग सञ्चालन गरेको जनाउँदै उत्पादन तथा बिक्री वितरण नगर्न आज निर्देशन दिएको छ । 

विभागका निर्देशक मनोजकुमार उपाध्यायको नेतृत्वमा आएको टोलीले जिल्लाका सगरमाथा, सूर्य र चण्डेश्वरी ग्यास उद्योगमा अनुगमन गरेको थियो । अनुगमन गरिएका ग्यास उद्योगमध्ये सगरमाथा ग्यास उद्योगले नेपाल गुणस्तर प्रमाण चिह्न लिनका लागि फाराम भरेको तर चिह्न प्राप्त नगरेको उपाध्यायले बताउनुभयो । “सगरमाथाबाहेक अरु ग्यास उद्योगले नेपाल गुणस्तर चिह्न लिनको लागि फारामसमेत भरेका छैनन्”, उपाध्यायले भन्नुभयो, “अब ती ग्यास उद्योगले भरेका सिलिण्डरबाहेक अन्य सिलिण्डर भर्न र उत्पादन एवं बिक्रीवितरण गर्न समेत पाइँदैन ।”

सरकारले एनएस ५३३ अनिवार्य गुणस्तर तोकेको छ । अनिवार्य रुपमा एनएस लिएको र पूरासमेत गरेको हुनुपर्नेमा त्यो नभएको कारण ती उद्योग सञ्चालकलाई तीन दिनभित्र विभागमा आउन निर्देशन दिइसकेको उहाँले बताउनुभयो । सरकारले राजपत्रमा गत साल कात्तिक २९ गते प्रकाशन गरेको सूचनानुसार तीन महिनाभित्र फाराम भरी गुणस्तर प्रमाण चिह्न ती उद्योगले नलिएको पाइएको छ । केही उद्योगले सेफ्टी भल्बसमेत आफँैले मर्मत गरेर बजारमा पठाइएको देखिएको अनुगमन टोलीले जनाएको छ ।

उद्योगी अमृत अग्रवालले एकैचोटि ग्यास उद्योग बन्दा गर्दा उद्योगी र ग्राहकलाई मर्का पर्ने भएकाले अलि समय दिएर निश्चित मापदण्ड पूरा गरी व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने बताउनुभयो ।
सगरमाथा ग्यास उद्योग बनेपा नगरपालिका–१० थापा गाउँमा छ । त्यस्तै सूर्य ग्यास र चण्डेश्वरी ग्यास सुधीर पलाञ्चोके र विष्णुहरि कक्षपतिलगायतले सञ्चालन गरेका हुन् । जिल्लामा तीलगायत उग्रचण्डी ग्यास उद्योग र हिमाल ग्यास उद्योग गरी पाँच ग्यास उद्योग सञ्चालनमा ल्याए पनि कुनै पनि उद्योगले नेपाल गुणस्तर प्रमाण चिह्न लिएका छैनन् । चिह्न प्राप्त नगरेकै कारण अब काभ्रेपलाचोकमा सञ्चालनमा ल्याएका सबै ग्यास उद्योगले ग्यास उत्पादन तथा बिक्री वितरण गर्न पाउने छैनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ