इरानमा सरकारको समर्थनमा पनि प्रदर्शन

इरानमा सरकारको समर्थनमा पनि प्रदर्शन

  • बुधबार, पुस १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

तेहरान, १९ पुस । इरानभर विभिन्न शहरमा बुधबार सरकारको समर्थन गर्दै लाखौँको सङ्ख्यामा प्रदर्शन गरिएको समाचार छ । 

बुधबार बिहानैदेखि इरानको राजधानी तेहरानसहितका विभिन्न शहरमा जम्मा भएका लाखौँ नागरिकले आफूहरुले सरकारलाई जे जस्तो सहयोग परे पनि गर्न तयार भएको जनाएका थिए । इरानमा करिब छ दिनदेखि सरकारको विरोधमा प्रदर्शन भइरहेको थियो । सरकारले भने सो प्रदर्शनमा विदेशीहरुको हात रहेको बताउँदै आएको थियो ।

बुधबार इरानका विभिन्न शहरमा जम्मा भएका सरकार पक्षीय प्रदर्शनकारीहरुलाई सरकारद्वारा सञ्चालित टेलिभिजन च्यानलले देखाएको थियो ।

विभिन्न शहरमा जम्मा भएको भीडले नेता हामी तयार छौँ भन्ने नारासहित अहभाज, केर्मानसाह गोर्गान र अन्य क्षेत्रमा जुलुस निकालेको सो टेलिभिजनले देखाएको छ ।

विभिन्न शहरमा जम्मा भएका ती व्यक्तिहरुले सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीको फोटो र इरानको झण्डा बोकेर प्रदर्शन गरेका छन् ।

हाम्रो शरीरका हरेक नशामा रहेको सबै रगत हाम्रा नेताको लागि समर्पित छ भन्नेजस्ता नाराहरु पनि उनीहरुले लगाएका समाचारमा जनाइएको छ ।

खामेनीले मङ्गलबार दिनुभएको एक भाषणमा विदेशी शत्रुहरुले प्रदर्शनकारीलाई परिचालन गरेको भनि दाबी गर्नुभएको थियो ।

इरानमा भइरहेको प्रदर्शनका क्रममा मृत्यु हुनेहरूको सङ्ख्या विगत छ दिनमा २१ पुगेको छ । राष्ट्रपति हसन रौहानीले भने कानुन मिच्ने र विद्रोह गर्नेलाई इरानी जनताले राम्रैसँग प्रतिवाद गर्ने बताउनुभएको थियो ।

मूल्य वृद्धिका विरुद्धमा गरिएको भनिएको सो प्रदर्शन हिंसात्मक हँुदै गएपछि हालसम्म २१ व्यक्तिको मृत्यु भएको र सयौँ प्रदर्शनकारी पक्राउ परेका छन् ।

प्रदर्शनकारीले देशमा आर्थिक समस्या थप जटिल बन्दै गएको र सरकारले त्यसलाई नियन्त्रणमा लिन नसकेको बताउँदै प्रदर्शन जारी राखेका बताइएको छ ।

इरानका राष्ट्रपति हसन रौहानी नेतृत्वको सरकारका विरुद्धमा विभिन्न शहरका ती प्रदर्शन लक्षित रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ