पूर्वी अफगानिस्तानमा ६० आइएस लडाकू मारिए

पूर्वी अफगानिस्तानमा ६० आइएस लडाकू मारिए

  • मङ्लबार, पुस १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

जलालाबाद , १८ पुस ।
पूर्वी अफगान प्रान्त नान्गाहारमा अफगान सुरक्षाबलले गरेको कारबाहीको क्रममा ६० भन्दा बढी आइएस लडाकू मारिएका छन् ।
आतङ्ककारी लुकेर बसेको स्थानमा आज विहान हवाई कारबाहीको क्रममा उनीहरु मारिएका प्रान्तीय सरकारका प्रवक्ता आताउल्लाह खोगीआनीले बताउनु भएको छ ।
नान्गाहार प्रान्तको हस्का मिना जिल्लामा सरकारी सुरक्षा बलले गरेको कारबाहीमा अन्य १८ जना घाइते भएका खोगीआनीले बताउनु भएको छ ।
मृतकमध्ये एक जना सर्वसाधारण पनि रहेको जनाईएको छ ।
नान्गाहार प्रान्तको पूर्वी भागमा सक्रिय रहेका आइएस लडाकू समूहले भने यस कारबाहीको विषयमा कुनै टिप्पणी गरेका छैनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ