अमेरिकाले पाकिस्तानलाई अर्बौ डलर सहयोग गरिरहे पनि धोका दियो: राष्ट्रपति ट्रम्प

अमेरिकाले पाकिस्तानलाई अर्बौ डलर सहयोग गरिरहे पनि धोका दियो: राष्ट्रपति ट्रम्प

  • मङ्लबार, पुस १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाडौं, पुस १८ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानले धोका दिएको आरोप लगाएका छन् ।

राष्ट्रपति ट्रम्पले पछिल्लो १५ वर्षमा अमेरिकाले पाकिस्तानलाई अर्बौं डलरको सहायता गरेको तर उसले अमेरिकालाई धोका दिएको आरोप लगाएका हुन् ।

उनले ट्वीट गर्दै पाकिस्तानलाई आर्थिक सहायता दिनु मुर्खतापूर्ण निर्णय भएको बताएका छन् ।

ट्वीटमा उनले पछिल्ला १५ वर्षमा अमेरिकाले ३३ अर्ब डलर भन्दा बढी आर्थिक सहायता दिएको तर पाकिस्तानले त्यसको बदलामा धोका, झुठ र छल बाहेक केही नदिएको उल्लेख गरेका छन् ।

राष्ट्रपति ट्रम्पले पाकिस्तानले अफगानिस्तानका आतंकवादीलाई आश्रय दिएको आरोप पनि लगाएका छन् ।

यसैबीच पाकिस्तानका विदेश मन्त्री ख्वाजा आसिफले भने अमेरिकी राष्ट्रपति ट्रम्पको ट्वीटको जवाफ चाँडै दिने बताएका छन् ।

उनले ट्वीट गर्दै आफूहरुले विश्वलाई साँचो कुरा बताइदिने तथा तथ्य र कल्पनाबीचको फरक पनि बाहिर ल्याउने उल्लेख गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ