मलेसियाबाट करीब १६ हजार नेपाली स्वदेश फिर्ता

मलेसियाबाट करीब १६ हजार नेपाली स्वदेश फिर्ता

  • शनिबार, पुस १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.7K
    SHARES

क्वालालम्पुर , पुस १५ ।
यसवर्ष गैर कानूनी रुपमा मलेसियामा बस्दै आएका करीब १६ हजार नेपाली कामदार स्वदेश फर्किएका छन् ।

वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगेपनि विभिन्न कारणले गैरकानूनी हैसियतमा रहेका १५ हजार ८ सय ५५ नेपाली कामदार स्वदेश फर्किएको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासको तथ्यांकअनुसार यसवर्ष सो संख्यामा एकतर्फी अस्थायी यात्रा अनुमतिपत्र जारी भएको हो । गैरकानूनी हैसियतका नेपाली स्वदेश फिर्न नेपाली दूतावासबाट यात्रा अनुमतिपत्र लिनुपर्ने प्रावधान छ ।
त्यस्तो पत्रका लागि कामदारले १ सय ६० रिंगिट शुल्क तिर्नुपर्ने प्रावधान छ । ती बाहेक आफूसँग भिसा नभएको तर राहदानी भएकाहरुले भने यात्रा अनुमतिपत्र लिनुपर्दैन ।

उनीहरुले सोही राहदानीमा आफैं मलेसियाली अध्यागमन कार्यालयमा पुगेर जरिवाना र आउटपासका लागि अतिरिक्त शुल्क तिरेपछि हवाई टिकट व्यवस्था मिलाई नेपाल फर्कन सक्छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी