ब्यापारिले कृतिम अभाव बनाए , मूल्य वृद्धिले उपभोक्ता मारमा

ब्यापारिले कृतिम अभाव बनाए , मूल्य वृद्धिले उपभोक्ता मारमा

  • बिहिबार, पुस १३, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

विराटनगर, १३ पुस ।

सिमेन्ट र छडको मूल्य अप्रत्याशित रुपमा वृद्धि भएपछि उपभोक्ता मारमा परेका छन् ।

गत मंसिरमा प्रतिबोरा रु ८९५ पर्ने ओपिसी सिमेन्ट अहिले प्रतिबोरा रु ९२५ देखि रु ९५० सम्ममा बिक्री भइरहेको छ ।

सिमेन्टको मूल्य वृद्धि भएपछि विराटनगरका अधिकांश हार्डवेयर पसलले सिमेन्टको कृत्रिम अभाव सृजना गरेका छन् ।
मूल्य स्थिर भएपछि यतिखेर मारुती सीमेन्ट, तेज लगायतका सिमेन्ट प्रतिबोरा रु ९३० मा बिक्री भइरहेको छ । प्रतिबोरामा रु ३० सम्ममा मूल्य वृद्धि हुँदा उपभोक्ता मारमा परेका छन् ।

त्यस्तै, फलामे छडको मूल्यमा समेत वृद्धि भएको छ । अधिकांश छड उत्पादन गर्ने उद्योगले प्रतिकिलो रु ११ सम्म वृद्धि गरेका छन् ।
अहिले हुलास र जगदम्बा लगायतको छड प्रतिकिलो रु ८१ मा बिक्री भइरहेको छ भने हामा उद्योगको छड प्रतिकिलो ८६ रुपैयाँ ५० प्रसामा बिक्री भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ