१३ पुस, काठमाडौं ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले आगामी आर्थिक वर्ष ०७५र ७६ को लागि पैसाको अभाव हुने भएकोले अन्र्तराष्ट्रिय दाता सम्मेलनको आयोजना गर्ने बताउनु भएको छ ।
आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सिईओ भुसालले पुनर्निर्माणको लागि यो आर्थिक वर्षसम्म रकमको कुनै अभाव नहुने भएपनि अर्को वर्षको लागि झण्डै साँढे तीन खर्ब पैसा चाहिने भएकोले दाता सम्मेलनको आन्तरिक गृहकार्यमा प्राधिकरण जुटिरहेको जानकारी दिनुभयो ।
उहाका अनुसार ७ खर्बको नोक्सानी भएकोले पुनर्निर्माणको लागि झण्डै ९ खर्ब चाहिने भएको छ ।
‘४२ अर्ब नेपालको आन्तरिकबाटै र ३०र३२ अर्ब दातृ निकायबाट काम भएको भारतबाट एक खर्ब आउन बाँकी रहेको, २५ अर्ब आउने प्रक्रिया सुरु भैसकेको र, ७५ अर्ब लाईन अब क्रेडिट भएकोले आउने भहाले वताउनु भयो ।
प्राधिकरणको ऐन पुनर्निर्माणमैत्री नभएकोले काममा ढिलाई र खर्च गर्न क्षमतामा कमी आएको पनि उहाले गुनासो गर्नुभयो । यो आर्थिक वर्ष चुनाव सम्पन्न भएकाले बैंकहरुमा समेत पैसाको अभाव रहेको उहाको भनाई थियो । अनुदान दिनेबारे आफूहरुले बैंकसँग लगातार छलफल गरिरहेको उहाले जानकारी दिनुभयो ।
प्राधिकरणले हिजोमात्रै आफ्नो स्थापनाको २ वर्ष पूरा गरेको उल्लेख गर्दै सिईओ भुसालले सुरुवाती ८ महिना प्राधिकरण गठनमै वितेको त्यस्तै अस्थिर सरकारले गर्दा सिईओ नै फेरबेदल भैरहने हुनाले काममा अलि ढिलाई भएको वताउनु भयो ।
उहाले आगामी असारभित्र ६० प्रतिशत नीजी आवास निर्माण भैसक्ने दाबी गर्दै घर निर्माणको लागि काठको कुनै समस्या नभएको समेत स्पष्ट पार्नूभएको थियो । भुसालले प्राविधिक कामदारको भने केही अभाव रहेको गुनासो गर्नुभएको छ । तालिम दिईएका मध्य केहि कामदार विदेश गएकोले कामदारको सङख्या मा कमि आएको उहाले वताउनु भयो ।