अमेरिकाको ३९ राष्ट्रपतिलाई छहारी दिएको रुख ढाल्न ट्रम्प पत्नीकाे निर्देशन, यस्तो छ कारण

अमेरिकाको ३९ राष्ट्रपतिलाई छहारी दिएको रुख ढाल्न ट्रम्प पत्नीकाे निर्देशन, यस्तो छ कारण

  • बिहिबार, पुस १३, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

वासिंटन, पुस १३ । अमेरिकाको पूर्व राष्ट्रपति एन्ड्र्यु ज्याक्शनले रोपेकाे राष्ट्रपति भवन ह्वाइट हाउस परिसरमा दुईसय वर्ष पुरानो एउटा रुख चाँडै ढालिने भएको छ ।

ज्याक्शन मंगोलिया नाम गरेको सो रुखलाई सन् १८२९ देखि १८३७ सम्म अमेरिकाको राष्ट्रपति रहेका एन्ड्र्यु ज्याक्शनले रोपेका थिए । उनले आफ्नी पत्नीको सम्झनामा सो रुख रोपेको बताइन्छ ।

यो रुख ह्वाइट हाउसका लागि खास मानिदैं आएको छ । यही रुखको छहारीमा कयौं कार्यक्रम आयोजना भएका छन् । सन् १९२८ देखि १९८८ सम्म २० दरको अमेरिकी डलरमा यो रुखको तस्वीर अंकित थियो ।

रुख निकै बुढो भएको र यसका कारण सुरक्षाको जोखिमसमेत बढेको भन्दै यसलाई काट्ने निधो भएको अधिकारीहरुले जनाएका छन् । अधिकारीहरुका अनुसार अमेरिकी प्रथम महिला मेलेनिया ट्रम्पले यो रुखको ठूलो हिस्सालाई हटाउन निर्देशन दिएकी हुन् ।

अमेरिकी राष्ट्रपतिको हेलिकोप्टर उडान र अवतरण गर्ने स्थान नजिकै यो रुख छ । हेलिकोप्टर उडानका क्रममा निस्कने हावाबाट पनि यो रुख ढल्न सक्ने भन्दै यसलाई हटाउन थालिएको हो । यो रुखको ठाउँमा अर्को रुख रोप्ने अधिकारीहरुको भनाइ छ ।

यो रुखले ह्वाइट हाउस परिसरमा जरा गाडेदेखि हालसम्म अमेरिकामा ३९ राष्ट्रपतिले शासन गरिसकेका छन् । यसबीचमा अमेरिकाले गृहयुद्ध र दुई विश्वयुद्धसमेत झेलेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ