पेट्रोल पम्पको सुरक्षा अवस्था अध्ययन गर्न कार्यदल गठन

पेट्रोल पम्पको सुरक्षा अवस्था अध्ययन गर्न कार्यदल गठन

  • बुधबार, पुस १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

 

काठमाडौँ, १२ पुस । नेपाल आयल निगमले मुलुकभर सञ्चालित पेट्रोल पम्पको सुरक्षा संवेदनशीलता र पूर्व सावधानीबारे अध्ययन गर्न कार्यदल गठन गरेको छ ।

निगम सञ्चालक समितिको आज बसेको बैठकले हाललाई महानगरपालिका र उपमहानगरपालिकामा सञ्चालित पेट्रोल पम्पको सुरक्षा संवेदनशीलताबारे अध्ययन गर्न सात सदस्यीय कार्यदल गठन गरेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले राससलाई जानकारी दिनुभयो ।

नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीको संयोजकत्वमा गठित कार्यदलको सदस्यमा निगम सञ्चालक समिति सदस्य अरविन्द्र अग्रवाल, निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराई, प्रवक्ता गोइत, आपूर्ति मन्त्रालयका उपसचिव उर्मिला केसी, आपूर्ति व्यवस्थापन विभागका निर्देशक र नेपाल पेट्रोलियम डिलर राष्ट्रिय एशोसियशनका प्रतिनिधि हुुनुहुन्छ ।

कार्यदललाई ३० दिनभित्र प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको प्रवक्ता गोइतले बताउनुभयो । केही दिनअघि वीरगन्जस्थित एक् ग्यास उद्योगमा भएको आगलागीपछि मुलुकभरका पेट्रोल पम्मको सुरक्षाको अवस्थाका बारेमा पनि प्रश्न उठेपछि निगमले कार्यदल गठन गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ