सुटकेसमा ‘पेन किलर’ भेटिएपछि ब्रिटिश महिलालाई जेल

सुटकेसमा ‘पेन किलर’ भेटिएपछि ब्रिटिश महिलालाई जेल

  • बुधबार, पुस १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

कायरो, पुस १२ । इजिप्टमा एक ब्रिटिश महिलालाई ‘पेन किलर’ (दुखाइ कमगर्ने औषधि) राखेको आरोपमा तीन वर्ष जेल सजाय तोकिएको छ ।

लाउरा प्लम्मर नाम गरेकी ३३ वर्षीया ती महिलाको सुटकेशमा पेन किलरको ३०० ट्याबलेट फेला परेको थियो । ट्रेमाडल नाम गरेको सो औषधि फेला परेपछि उनलाई ९ अक्टोबरमा इजिप्ट प्रहरीले गिरफ्तार गरेको थियो ।

इजिप्टमा यस प्रकारको औषधि प्रतिबन्धित छ । लाउराका अनुसार बेलायतमा उक्त औषधि वैध मानिएकाले बोकेकी थिइन् । उनलाई उक्त औषधि एक मित्रले दिएका थिए ।

बेलायतमा प्रतिबन्धित भएका कारण उनले ती औषधी लुकाउनसमेत चाहेकी थिइनन् । तर इजिप्टको कानुनमा भएको व्यवस्थाबारे उनलाई जानकारी नभएको परिवारजनको भनाइ छ ।

लाउरालाई दिइएको सजायप्रति ब्रिटिश सांसद कार्ल टर्नरले दुःख व्यक्त गरेका छन् ।

बेलायतको विदेश तथा राष्ट्रमण्डल कार्यालयका प्रवक्ताले भने, ‘लाउरा र उनको परिवारलाई पुरा सहयोग गरिनेछ, हाम्रो दुतावास इजिप्टका अधिकारीहरुसँग नियमित सम्पर्कमा छन् ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ