अमेरिकामा उत्तरकोरियाका अधिकारीमाथि प्रतिबन्ध

अमेरिकामा उत्तरकोरियाका अधिकारीमाथि प्रतिबन्ध

  • बुधबार, पुस १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

काठमाडौं, पुस १२ । अमेरिकाले उत्तर कोरियाको परमाणु कार्यक्रममा सहयोग गरेको आरोपमा दुई जना उत्तर कोरियाली अधिकारीमाथि प्रतिबन्ध लगाएको छ ।

उत्तर कोरियाको ब्यालेस्टिक मिसाइल कार्यक्रममा सघाउने किम जोग सिक र रि प्योंग चोललाई अमेरिकाले प्रतिबन्ध लगाएको हो ।

परमाणु कार्यक्रमका लागि ठोस इन्धनबाट सञ्चालन हुने मिसाइल विकास गर्न यी दुई अधिकारीको हात रहेको ठहर अमेरिकाले गरेको छ ।

गत साता संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठकले तयार पारेको प्रतिबन्धको सूचीमा यी दुई अधिकारीको नाम पनि सूचीकृत गरिएको थियो ।

उत्तर कोरियाले मिसाइल परीक्षण गर्दा उत्तर कोरियाका राष्ट्रपति कीम जोन उनका साथ यी दुई अधिकारीको पनि फोटो सार्वजनिक हुने गरेको छ ।

यसैबीच संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठकले उत्तर कोरियामाथि दशौं प्रतिबन्ध लगाउने निर्णयअन्तर्गत पेट्रोलियम पदार्थ आयातमा ९० प्रतिशत कटौती गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ