अनैतिक सम्बन्धलाई परिवारले नस्वीकार्दा देवर भाउजुले इनारमा हाम फाले !

अनैतिक सम्बन्धलाई परिवारले नस्वीकार्दा देवर भाउजुले इनारमा हाम फाले !

  • मङ्लबार, पुस ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

११ पुस,काठमाडौं । भाउजुलाई अामा समान मानिन्छ । तर देवर भाउजुबीच अनैतिक घटना यदाकदा घटेका सुनिन्छ । तर देवर र भाउजुले विवाह गर्ने प्रस्ताव घरपरिवारसँग राखेको र घर परिवारले नमानेपछि दुबैले सँगै अात्म गरेको घटना भने नयाँ हुन सक्छ ।

यस्तै भएको छ भारतको एक परिवारमा । अाफ्नै दाजुको विवाह गरेर घर भित्र्याइएकी भाउजु र देवरले लभ गरेपछि घटना घटेको बताइएको छ ।

भारतको बिहारस्थित जमुइ जिल्ला सोखो गाउँका चन्दन कुमार दास र उनकी भाउजु विन्दु देवीले आत्महत्या गरेका हुन् । उनीहरु विगत ६ महिनादेखि एकअर्कासँग प्रेम सम्बन्धमा रहेका थिए । उनीहरुले अाफूहरुबीच प्रेम सम्बन्ध भएको र छुटिएर बस्न नसक्ने घर परिवारलाई जनाकारी दिएका थिए । तर परिवारले त्यसलाई अस्वीकार गर्दै अाएको बताइएको छ ।

भारतीय संचारमाध्यमहरुका अनुसार दुबै जनाले इनारमा हाम फालेर अात्महत्या गरेका हुन् । देवर नाबालिग नै थिए । शुक्रबार साँझ अचानक दुवै घरबाट बेपत्ता भए । गाउँले र परिवारले उनीहरुलाई धेरै खोजे पनि केही पत्ता लाग्न सकेन । शनिबार बिहान इनारनजिकैबाट हिँडेका मानिसहरुले इनारको किनारामा चप्पल देखे ।

त्यसपछि उनीहरुले इनारमा हेर्दा एक महिला र एक पुरुषको शव तैरिरहेको थियो । गाउँलेहरुले प्रहरीलाई खबर गरे । प्रहरीले शव निकालेपछि उनीहरुको पहिचान खुलेको हो । मृतक विन्दुको २ वर्षअघि चन्दनका दाजु उमेश दाससँग विवाह भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ