एकै दिन २० दशमलव ६४ अंकले घट्यो नेप्से

एकै दिन २० दशमलव ६४ अंकले घट्यो नेप्से

  • मङ्लबार, पुस ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

११ पुस, काठमाडौं ।
सेयर बजार परिसूचक एकै दिन २० दशमलव ६४ अंकले घटेर आज नौ महिना पछाडिको अवस्थामा धकेलिएको छ ।
यो अवस्था चैत ०७३ मा देखिएको थियो त्यतिबेला बजार परिसूचक १४४६ मा थियो । आज पनि १४४७ विन्दुमा आइपुगेको छ ।
घट्दो क्रममा देखिएको बजारलाई बैंकिङ क्षेत्रमा देखिन थालेको पुँजी अभावले सबैभन्दा बढी प्रभाव पारेको छ ।
‘कर्जा सीमा बाँकी रहँदा रहँदै पनि हामीलाई पहिले खबर गरेर मात्र पैसा झिक्न बैंकहरुले आग्रह गर्न थालेका को सेयर विश्लेषक प्रकाश तिवारीले वताउनु भयो ।
केही समयअघि मात्रै सेयर धितोमा प्रवाह भएको कर्जाको व्याजदर १२ प्रतिशतबाट घटाएर १० दशमलव पाँच प्रतिशतमा सीमित गरेका थिए, बैंकहरुले । अहिले यो दर पुनः १३र१४ प्रतिशत हाराहारीमा र्पुयाएको विश्लेषक तिवारीको भनाइ छ ।
घट्दो क्रममा देखिएको बजारमा बैंकिङ क्षेत्रको पुँजी अभावको मुख्य प्रभाव
एनसेलले लाभांशका रुपमा २५ अर्ब रुपैयाँ विदेश लैजान लाग्दा बैंकिङ क्षेत्रमा देखिन थालेको पुँजी अभाव थप गहिरिने विश्लेषणहरु आएका छन् ।
आज बजारमा स्ट्यान्डर्ड चार्टर्ड बैंक र नेपाल टेलिकमको सेयरमा लगानीकर्ताहरु आकर्षित् भएका थिए ।
टेलिकमले प्रस्ताव गरेको ५५ प्रतिशत नगद लाभांश प्राप्त गर्ने अन्तिम दिन भएकाले पनि कारोबारमा तीव्रता आएको हो ।
स्ट्यान्डर्ड चार्टर्ड बैंकले घोषणा गरेको शतप्रतिशत बोनस सेयर र पाँच दशमलव २६ प्रतिशत नगद लाभांश प्राप्त गर्ने अन्तिम दिन नजिकिँदै गर्दा कारोबार बढेको हो ।
बजार घटेसँगै लगानीकर्ताको सम्पत्तीको मूल्य पनि ह्रास भएको छ । सेयरको हालको मूल्यअनुसार कायम हुने कुल बजार पुँजीकरण १७ खर्बबाट घटेर १६ खर्ब १८ अर्बमा सीमित भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ