११ पुस,काठमाडौं । प्रभु बैंकले काठमाडौंको मनमैजुमा नयाँ शाखा संचालन गरेको छ । बैंकले मंगलबार जारी गरेको पे्रस विज्ञप्तिअनुसार आजदेखि तारकेश्वर नगरपालिकाको मनमैजुमा शाखा संचालन गरेको छ ।
शाखाको उद्घाटन तारकेश्वर नगरपालिकाका मेयर श्री रामेश्वर बोहोराले एक कार्यक्रमबीच न गरेका थिए । प्रभु बैंक र साविक ग्राण्ड बैंक नेपालबीच मर्जरपछि एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयहरुमध्ये खिचापोखरीमा रहेको प्रभुको शाखालाई मनमैजुमा स्थानान्तरण गरिएको हो ।
नयाँ शाखा संचालन भएसँगै त्यस क्षेत्रका ग्राहकहरुले सरल, सहज रुपमा सम्पूर्ण बैंकिङ्ग सुविधाहरु उपभोग गर्न सहज हुने विश्वास प्रभुले लिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline