प्राइमको ५७ शाखा मैनापोखरीमा

प्राइमको ५७ शाखा मैनापोखरीमा

  • मङ्लबार, पुस ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.9K
    SHARES

दोलखा, १० पुस । ग्रामीण क्षेत्रको सेवालाई प्राथमिकता दिन प्राइम कमर्सियल बैंकले दोलखाको मैनापोखरीमा नयाँ शाखा विस्तार गरेको छ ।

जिल्लाको बैतेश्वर गाउँपालिका अन्तर्गत ५ नम्बर वार्ड मैनापोखरी दोलखाको दोस्रो आर्थिक केन्द्रका रुपमा मानिन्छ ।

यसअघि कुनै पनि बैंकका शाखा नरहेको मैनापोखरीमा अब प्राइम बैंक पहिलो कमर्सियल बैंक बनेको छ ।

बैंकका सञ्चालक दिनेश श्रेष्ठले मैनापोखरीमा आज शाखाको उद्घाटन गर्दै बैंकले ग्रामीण क्षेत्रमा सेवालाई प्राथमिकता दिइरहेको बताउनु भयो ।
उहाँले मकवानपुरको भिमफेदी र सुर्खेतमा पनि नयाँ शाखा विस्तारको तयारी सकिसकेको जानकारी दिनुभयो ।

प्रत्येक गाउँपालिकामा एउटा कमर्सियल बैंकको सेवा सुरु गर्ने व्यवस्था गरिए पनि नेपालका धेरै गाउँपालिकामा बैंक छैनन । स्थानीय निकायको निर्वाचन सम्पन्न भएर स्थानीय सरकार गठन भएपछि अब कमर्सियल बैंकहरु गाउँतिर केन्द्रित हुन थालेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ