क्रिसमस मनाउन जादैँ गरेको बस दुर्घटना हुँदा २० जनाको मृत्यु

क्रिसमस मनाउन जादैँ गरेको बस दुर्घटना हुँदा २० जनाको मृत्यु

  • सोमवार, पुस १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

मनिला, १० पुस ।
उत्तरी फिलिपिन्समा क्रिसमस पर्व मनाउन गइरहेको एउटा बस दुर्घटना हुदाँ २० जनाको मृत्यु भएको छ ।

आगी सहरमा क्रिस्मसको उपलक्षमा चर्चतर्फ गइरहेको बस विपरीत दिशाबाट आएको अर्काे बससँग ठोक्किँदा अन्य २६ जना घाईते भएका छन् ।

एउटा संयुक्त परिवारका २० जना सदस्य चढेको बसलाई ठुलो गाडिले ठक्कर दिदाँ उक्त दुर्घटना भएको अन्तराष्ट्रिय सन्चार माध्यमले जनाएका छन् ।

यस घटनामा ज्यान गुमाउनेमा छ बालबालिकासमेत रहेका छन । सानो बसका नौ जना र ठूलो बसका १७ व्यक्ति घाइते भएका क्षेत्रीय प्रहरीले दिएको पछिल्लो जानकारी दिएको छ ।

फिलिपिन्सको आगी सहर राजधानी मनिलाबाट २ सय किलोमिटर उत्तरीतर्फ रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ