कुवेतमा अलपत्र नेपालीको भिसा नविकरण नहुँदा ४० लाख जरिवाना , स्वदेश फर्काउन समस्या

कुवेतमा अलपत्र नेपालीको भिसा नविकरण नहुँदा ४० लाख जरिवाना , स्वदेश फर्काउन समस्या

  • सोमवार, पुस १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

काठमाडौं पुस १० ।
कुवेतको खराफी नेशनल कम्पनीको सुलेविया क्याम्पमा अलपत्र नेपाली कामदारको आवासीय अनुमति भिसाको नविकरण नगरिदिदा जरिवाना वापत कम्तीमा ४० लाख रुपैयाँ बुझाउनुपर्ने देखिएको छ ।

जरिवाना नतिरेसम्म कुवेतबाट स्वदेश फिर्ने अनुमति नदिने कानुनी प्रवाधानका कारण अलपत्र नेपालीलाई स्वदेश फर्काउन समस्या पर्ने देखिएको छ ।

कुवेतका लागि नेपाली राजदूत यज्ञबहादुर हमालले अनुसार दूतावासको सम्र्पकमा आएका पीडित कामदारको मात्रै यति धेरै जरिवाना तिर्नुपर्ने देखिएको बताउनु भयो ।

उहाँले टिकट भन्दा पनि जरिवाना तिर्नुपर्ने धेरै रकम देखिएको बताउनुभयो ।

रकम तिर्न दूतावाससँग बजेट समेत नभएको पनि उहाँको भनाई छ । यस विषयमा नेपाल सरकारलाई जानकारी दिइएको उहाँले बताउनुभयो ।

खराफीमा कम्तीमा २ सय भन्दा बढी कामदार तलव र काम नपाएर अलपत्र परेका छन् ।

दूतावासको सम्पर्कमा सम्र्पकमा गएका ९४ मध्ये २० जनालाई स्वदेश फर्काईसकिएको छ । अलपत्र कामदारको अवस्था निकै नाजुक हुँदै गएपछि कुवेतस्थित नेपाली संघसंस्थाहरुले आपसी समन्वय गरी उद्धार गर्न अभियान थालेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी