प्रतिबन्ध नहटाए युद्ध गर्ने राष्ट्र सं‌घलाई दियाे उत्तर कोरियाले चेतावनी

प्रतिबन्ध नहटाए युद्ध गर्ने राष्ट्र सं‌घलाई दियाे उत्तर कोरियाले चेतावनी

  • आइतवार, पुस ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.7K
    SHARES

एजेन्सी । उत्तर कोरियाले अन्तर महादेशीय व्यालिस्टिक मिसाइल परीक्षणपछि संयुक्त राष्ट्र संघले लगाएको नयाँ प्रतिबन्धलाई लिएर कडा प्रतिक्रिया दिएको छ । उसले यो प्रतिबन्धबाट आफु युद्धको बाटोमा जान विवश हुने धम्की पनि दिएको छ ।

‘हामी संयुक्त राष्ट्र सं‌घको नयाँ प्रतिबन‍धलाई पुरा खारेज गर्छौँ । यो हाम्रो गणराज्यको सम्प्रभुताको गम्भीर उल्लंघन हो’, सरकारी समाचार एजेन्सी केसीएनएको समाचार अनुसार उत्तर कोरियाली विदेश मन्त्रालयको एक विज्ञप्तीमा भनिएको छ, ‘यसले युद्धको तर्फ जान बाध्य बनाउँदैछ । यसलाई नहटाए कोरियाली प्रायद्वीप र व्यापक क्षेत्रको शान्ति र स्थिरता प्रभावित हुने निश्चित छ ।’

१९ नोभेम्बरमा उत्तर कोरियाले ब्यालिस्टिक मिसाइलको परीक्षण गरेको थियो । त्यसपछि संयुक्त राष्ट्र संघले प्योङ्गयाङ्गलाई निर्यात हुने ९० प्रतिशत पेट्रोलियम पदार्थको निर्यातमा रोक लगाइदिएको थियो । नयाँ प्रतिबन्धपछि उत्तर कोरियाको पेट्रोलियम पदार्थसम्म सीमित मात्रै पहुँच पुग्नेछ

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ