सपिङ मलमा भीषण आगलागी, २५ जनाभन्दा बढीको मृत्यु

सपिङ मलमा भीषण आगलागी, २५ जनाभन्दा बढीको मृत्यु

  • आइतवार, पुस ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाडौं, पुस ९ । फिलिपिन्सको दक्षिणी क्षेत्रमा रहेको एक सपिङ मलमा आगलागी हुँदा २५ जनाभन्दा बढीको मृत्यु भएको आशंका गरिएको छ ।

राजधानी मनिलाबाट ८ सय किलोमिटर दक्षिण पूर्वमा रहेको दाभाओको सपिङ मलमा आगलागी भएको हो ।

सपिङ मलको चौथो तलामा रहेको कल सेन्टरमा रहेका धेरै कर्मचारीको मृत्यु भएको हुनसक्ने स्थानीय अधिकारीहरुलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

कलसेन्टरमा फसेका कर्मचारीको जीवित रहने सम्भावना शून्य रहेको सरकारी अधिकारीले बताएका छन् ।

सपिङ मलभित्र फसेकाहरुको खोजी र उद्दार भइरहेको अधिकारीहरुले जनाएका छन् ।

यसैबीच राष्ट्रपति रोड्रिगो ड्युटर्टले फसेका व्यक्तिका परिवाससँग भेट गरेका छन् । आगलागीको कारण थाहा भएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ