रुपन्देही पुष ८ ।
नेपालमै पहिलो पटक विभिन्न कवाडी सामान र फोहोरबाट खाना पकाउने ग्यास उत्पादन सुरु भएको छ ।
नवलरासीको सुक्रौलीमा रहेको ईन्भिपावर ईनर्जी एण्ड फर्टिलाईजर प्रालीले खानापकाउने ग्यास उत्पादन सुरु गरेको उद्योग संञ्चालक सन्दीपकुमार अग्रवालले जानकारी दिनुभएको छ ।
स्थानीय स्तरमा पाईने कच्चापदार्थ गोवर कुखुराको सुली, भान्छाबाट निस्कने फोहरलगायतका वस्तुबाट ग्यास उत्पादन गरिएको उहाले वताउनु भयो । अहिले दैनिक ८० सिलिण्डर ग्यास उत्पादन भइरहेको वताईएको छ ।
२२ करोड लगानीमा नवलपरासीको रामग्राम नगरपालिका बन्जरिया गाउँमा उद्योग स्थापना गरिएको छ । जर्मन प्रविधिबाट निर्मित वायोग्यास उद्योगमा दैनिक ३० देखि ४० टन कच्चा पदार्थ प्रयोग गरी २ सय सिलिण्डर ग्यास उत्पादन हुने उद्योगका अर्का संचालक डा.अभिनव अग्रवालले बताउनु भयो ।
एलपी ग्यासको परनिर्भरता हटाउन उद्योग स्थापना गरिएको संचालक अग्रवालले बताउनु भयो । उहाका अनुसार छिट्टै अर्को उद्योग चितवनमा समेत स्थापना हुने भएको छ ।
अग्रवालले पाँच महिनापछि घरायसी प्रयोजनमा ग्यास बिक्री गरिने जानकारी दिदै एलपिजी ग्यासको तुलनामा सुरक्षित र सस्तो रहेको दाबी समेत गर्नुभएको छ ।
कम्पनीले विभिन्न नगरपालिकासँग समेत समन्वय गरेर कुहिने फोहोर जम्मा पारेर ग्यास उत्पादनलाई अघि बढाउने योजनासमेत बनाएको वताइएको छ ।
अग्रवालले नगरपालिकालाई फोहोर व्यवस्थापन गर्न पनि सजिलो हुने बताउँदै यसले एलपिजीको परनिर्भरता पनि घट्ने दाबी गर्नुभयो । हाल उतm उद्योगमा चार जना इन्जिनियर र पचास जनाले रोजगारी पाएका छन् ।