आंँधीका कारण दक्षिणी फिलिपिन्समा ७४ जनाको मृत्यु, दर्जनौं बेपत्ता

आंँधीका कारण दक्षिणी फिलिपिन्समा ७४ जनाको मृत्यु, दर्जनौं बेपत्ता

  • शनिबार, पुस ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

एजेन्सी ,पुस ८ ।
फिलिपिन्सको दक्षिणी क्षेत्रमा आँधीका कारण ७४ जनाको मृत्यु भएको छ । अन्य दर्जनौं बेपत्ता भएका छन् ।

टेम्बिन नामक चक्रवातका कारण मिन्डानाओ टापुमा जनजीवन अस्तब्यस्त भएको बीबीसीले जनाएको छ । ट्युबोट र पियागापोमा दर्जनौं घरहरु पुरिएका छन् ।

८० किलोमिटर प्रतिघण्टाको टेम्बिन आँधी पश्चिमी दक्षिण क्षेत्र पालावान तर्फ अघि बढीरहेको अधिकारीले जानकारी दिएका छन् । आँधीका कारण फिलिपिन्सका बिभिन्न क्षेत्रमा बारम्बार क्षति पुग्ने गरेपनि मिन्डानाओ टापुमा भने पहिलो पटक क्षति पुगेको हो ।

ट्युबोट प्रहरीका अनुसार सो शहरमा मात्र १९ जनाको मृत्यु भएको छ । नदीमा पानीको सतह बढेका कारण छेउछाउका घरहरु सबै बगाएको प्रहरीलाई उद्यृत गर्दै अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

आँधीका कारण विद्युत कटौती र सञ्चार सेवा समेत विच्छेद हुँदा सर्वसाधारण थप मर्कामा परेका छन् ।
एक साता अघि मात्र मध्य फिलिपिन्समा आएको आँधीमा परी दर्जनौंको मृत्यु भएको थियो ।

यसअघि सन् २०१३ मा सोही क्षेत्रमा टाइफोन हइयान नामक आँधीका कारण ५ हजार बढीको मृत्यु भएको थियो भने लाखौं प्रभावित भएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ