एजेन्सी ८ पौाष ।
संयुक्त राष्ट्र संघले उत्तर कोरियामाथिको प्रतिबन्ध थप कडा बनाउने निर्णय गरेको छ । अमेरिकाले प्रस्तुत गरेको प्रस्तावको पक्षमा सुरक्षा परिषद्का सबै सदस्य राष्ट्र सहमत भएका छन् ।
संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदमा उत्तर कोरियामाथिको प्रतिबन्ध थप कडा बनाउने सम्बन्धमा अमेरिकाले राखेको प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको हो ।
पछिल्लो समय गरेको ब्यालेस्टिक मिसाइल परीक्षणको प्रतिक्रिया स्वरुप राष्ट्रसंघ आवद्ध राष्ट्रहरुले उत्तर कोरियामा हुँदै आएको तेल तथा पेट्रोलियम पदार्थको आयात कम गर्ने भएको छ ।
प्रस्तावमा पेट्रोलको आयात ९० प्रतिशत भन्दा बढीले घटाउने उल्लेख छ । उत्तर कोरियाको प्रमुख व्यावसायिक साझेदारको रुपमा रहँदै आएका चीन तथा रुसले पनि प्रस्तावको पक्षमा मत दिएका छन् ।
नयाँ प्रतिबन्ध अनुसार तेल तथा पेट्रोलको आयात कम गर्नुका साथै विदेशमा कार्यरत उत्तर कोरियाका कामदारलाई आउँदो दुई वर्ष भित्र स्वदेश फिर्ता पठाउने तथा उत्तर कोरियाली सामानको निर्यात पनि रोक्ने उल्लेख छ ।