अमेरिकी नयाँ सुरक्षा रणनीति ‘आक्रामक’ : पुटिन

अमेरिकी नयाँ सुरक्षा रणनीति ‘आक्रामक’ : पुटिन

  • शुक्रबार, पुस ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

रसिया, ७ पुस । 

रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पद्वारा हालै सार्वजनिक गरेको सुरक्षा रणनीतिलाई शुक्रबार ‘आक्रामक’ भन्दै यसको मस्कोले आफ्नै तरिकाले प्रतिवाद गर्ने बताउनुभएको छ ।
रसियाली नेता पुटिनले भन्नुभयो, “यसै साता अमेरिकाले ल्याएको नयाँ राष्ट्रिय सुरक्षा नीति सैनिक भाषामा भन्नुपर्दा ‘साँच्चिकै आक्रामक’ छ । हामीले यसको व्यवहारिक प्रतिक्रिया दिनेछौँ ।”
रसियाली नेता पुटिनले खासगरी अमेरिकी तथा उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)को यूरोपमा उपस्थिति बढाउने भन्ने बिषयप्रति लक्षित गर्दै भन्नुभयो,“मस्कोले आफ्नो सार्वभौम शक्तिको संरक्षण गर्न र विश्वको आफूप्रतिको चासोलाई कायम राख्न शक्तिशाली आधुनिक सेनाको निर्माण गर्नेमा प्रयासरत रहेको छ ।”
रसिया विश्वको नेतृत्व गर्न सक्षम मुलकका रूपमा रहनेछ र केही भूभागमा नेतृत्वदायी भूमिका प्रदान गरिरहेको छ, रसियाली राष्ट्रपतिले भन्नुभयो । नयाँ युग अनुसार निर्माण भएको रसियाली सेनाले आफ्नो स्वाभिमान कायम राख्न रसियाको पक्षमा काम गर्ने उहाँले बताउनुभयो ।
“हामीले पहिले रसियाली सीमा र यूरोप, जहाँ नेटोको सैन्य संरचना छिट्टै बिस्तार हुँदैछ,मा विश्व शक्ति सन्तुलनलाई कायम राख्न आवश्यक सुधारलाई अवलम्वन गर्नुपर्छ ।”
नेता पुटिनले सन् १९८७ यता ‘इन्टर्मेडियट न्यूक्लियर फोर्सेस’ (आइएनएफ) सन्धिको अमेरिकाले उल्लङ्घन गरेको बताउनुभयो । सन्धिमा छोटो तथा मध्यम दुरीका सबै प्रकारका आणविक तथा परम्परागत क्षेप्यास्त्रलाई रोक्ने सहमति भएको थियो ।
मस्कोले पोल्याण्ड र रोमानियामा रहेका ‘यूएस प्याट्रियट मिसाएल सिस्टम’ रसियामाथि आक्रमण गर्न बनाइएका हुनसक्ने आरोप लगाएको छ ।
वासिङ्टनले पनि मस्कोद्वारा उक्त सन्धिको उल्लङ्घन गरेको दावी गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ