स्पेनका प्रधानमन्त्रीद्वारा क्याटलोनियाका अपदस्थ नेताको आग्रह अस्वीकार

स्पेनका प्रधानमन्त्रीद्वारा क्याटलोनियाका अपदस्थ नेताको आग्रह अस्वीकार

  • शुक्रबार, पुस ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

 

मड्रिड, ७ पुस ।

स्पेनको क्याटलोनियाका अपदस्त नेता कार्ल पुज्डेमोनेले वार्ताका लागि गरेको आग्रहलाई प्रधानमन्त्री मारिआनो राखोेइले अस्विकार गर्नुभएको छ ।

विहीबार भएको निर्वाचनमा कार्ल समर्थीत पृथकतावादी पार्टीले अत्याधिक बहुमत ल्याएपछि स्पेन बाहिर भेटवार्ता गर्न उहाँले गरेको आग्रहलाई प्रधानमन्त्रीले शुक्रबार नै अस्वीकार गर्नुभएको हो ।

वार्ताका लागि पुज्डमोनले गरेको आग्रहका बारेमा पत्रकारले सोधको प्रश्नमा प्रधानमन्त्री राजोइले भन्नुभयो, “निर्वाचन जितेको मध्ये म एक जनालाई मात्रै भेट्न सक्छु । उहाँ आइनिस अरिमाडास हुनुहुन्छ ।”

उहाँले क्याटलोनियामा नयाँ बन्ने सरकारले पूर्ण रुपमा कानूनको पालन गर्ने विश्वास पनि व्यक्त गर्नुभयो ।

उहाँको यो भनाई गत अक्टोबर एकमा छुट्टै राज्य बनाउने पक्षमा भएको जनमत संग्रहपछि भएको संविधान विरोधी कदम प्रति लक्षित थियो ।

क्याटलोनियाका सांसदहरुले स्वतन्त्र राज्यको घोषणा गरेपछि केन्द्रीय सरकारले तत्काल हस्तक्षेप गरी त्यहाँको संसद विघटन गरिदिएको थियो ।

आफैले संसद विघटन गरिदिएकाले बिहीबार केन्द्रीय सरकारले नै क्याटलोनियाको नयाँ संसदका लागि निर्वाचन गराएको हो ।

प्रधानमन्त्री राखोेइले भन्नुभयो, “सकारात्मक र व्यवहारिक वार्ता गर्न म सधै खुल्ला छु, तर मेरा पनि केही कानुनी सीमाहरु छन् ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ