१६ हजार पत्नी बनाउने भन्दै दैनिक १० किशोरीको बलात्कार !

१६ हजार पत्नी बनाउने भन्दै दैनिक १० किशोरीको बलात्कार !

  • शुक्रबार, पुस ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 17.9K
    SHARES

नयाँ दिल्ली, पुस ७ । भारतको राजधानी नयाँ दिल्ली रोहिणीको विजय विहार क्षेत्रमा आध्यात्मिक विश्वविद्यालयको नाममा आश्रम चलाउँदै आएका वीरेन्द्र देव दीक्षितलाई  बलात्कारको आरोपमा पक्राउ गरिएको छ ।उनले आफूलाई कलियुगको ‘कृष्ण’ बताउँदै आएका थिए ।

बुधबार आध्यात्मिक विश्वविद्यालयमा छापा मारेर प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

उच्च न्यायालयमा दीक्षितविरुद्ध मुद्दा दायर गरेकी सीमा शर्माका अनुसार ती कथित बाबाले लागू औषध प्रयोग गरेर दैनिक १० किशोरीलाई बलात्कार गर्दै आएका थिए । किशोरीलाई नग्न बनाएर उनीहरुबाट आफ्नो शरीर मालिस गराउने गरेको पनि सीमाले खुलासा गरेकी छन् ।

उनले १६ हजार महिलालाई पत्नी बनाउने लक्ष्यसहित शारीरिक सम्बन्ध बनाउँदै आएको पनि बताइएको छ ।

अदालतमा मुद्दा दायर गरेकी राजस्थानकी महिलाका अनुसार उनी ती बाबाको आश्रममा अनुयायी बनेर बसेकी थिइन् । आफ्ना चार छोरीलाई पनि उनले बाबाको भक्तिमा आश्रममै छोडेकी थिइन्, तीमध्ये एक नाबालिग रहेको बताइन्छ । छोरीले आफू बाबाबाट बलात्कृत भएको बताएपछि उनले मुद्दा दायर गरेकी हुन् ।

पीडित महिलाले आश्रममा आउने महिलालाई ‘गोपीनी’ बनाउन भन्दै बाबाले शारीरिक शोषण गर्ने गरेको बताएका छन् । प्रहरीले छापा मार्ने क्रममा आश्रमबाट कयौं किशोरी तथा महिलाको उद्धार गरेको छ । आश्रमबाट बाबाकै केही अश्लिल भिडियो र आपत्तिजनक सामानसमेत बरामद भएको प्रहरी अधिकारीले जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ