टेलिकमले ल्यायो जाडो अफर, १२ रुपैयाँमा ३ दिनसम्म इन्टरनेट चलाउन पाइने

टेलिकमले ल्यायो जाडो अफर, १२ रुपैयाँमा ३ दिनसम्म इन्टरनेट चलाउन पाइने

  • बिहिबार, पुस ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

६ पुस,काठमाडौं । नेपाल टेलिकमले जाडो अफर ल्याएको छ । जाडो महिनाका लागि ग्राहकको लागि बोनससहितको विशेष प्याकेज ल्याएको छ ।

टेलिकमले विन्टर अल टाइम डाटा प्याक अन्तरगत १२ रुपैयाँमा ३ दिनको लागि २५ एमबी र २५ एमबी वोनस डाटा प्याक उपहार दिने जनाएको छ, यस्तै ६० रुपैयाँमा १ सय ५० एमबी र बोनस स्वरुप १ सय ५० एमबी नै डाटा दिने भएको छ ।

यस्तै टेलिकममले १ सय २० रुपैयाँमा ५ सय एमबी र बोनस ५ सय एमबी गरी १ हजार एमबी डाटा दिने भएको छ । यस्तै सस्तो मुल्यमा रात्रीकालीन डाटा प्याकेज अन्तरगत १२ रुपैयाँमा १ सय २० एमबी, ६० रुपैयाँमा ७ सय एमबी र १ सय २० रुपैयाँमा १६ सय एमबी डाटा पाइने टेलिकमले जनाएको छ ।

यस्तै फेसबुक र ट्वीटर मात्रै प्रयोग गर्नको लागि पनि नेपाल टेलिकमले सस्तो अफर ल्याएको छ । एसएमएस सेवामा पनि १० रुपैयाँमा १ सय एसएमएस पठाउन सकिने टेलिकमले जनाएको छ । यो योजना पुस ७ गते देखि माघ २१ गतेसम्म लागु हुने टेलिकमले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी