फिलिपिन्समा २५१ यात्रु सवार डुङ्गा दुर्घटना, धेरै हताहत भएको आशङ्का

फिलिपिन्समा २५१ यात्रु सवार डुङ्गा दुर्घटना, धेरै हताहत भएको आशङ्का

  • बिहिबार, पुस ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 15.9K
    SHARES

मनिला, ६ पुस ।
फिलिपिन्समा करिब २५१ यात्रु सवार एक डुङ्गा दुर्घटनाग्रस्त भएको छ ।

आज भएको सो दुर्घटनाग्रस्त डुङ्गामा रहेका २५१ यात्रुको अवस्था पत्ता नलागेको सामुद्रिक तटीय सुरक्षा गार्डलाई उदृत गर्दै अन्तराष्ट्रिय सन्चार माध्यमले जनाएका छन् ।

उनीहरुले ती यात्रुहरुको अवस्था अझै अज्ञात रहेको र ठूलो सङ्ख्यामा हताहत भएको हुनसक्ने आशङ्का गरिएको बताएका छन् ।

मनिला सहरबाट करिब ७० किलोमिटर पूर्वमा रहेको सामुद्रिक भूभागमासो दुर्घटना भएको जनाइएको छ । फिलिपिन्स द्वीपमा खराव मौसमको कारण सो दुर्घटना भएको तटीय सुरक्षा गार्डका प्रवक्ता अरमान्द बलिलोले पत्रकार सम्मेलन गरी जानकारी दिनुभएको छ ।

उद्धारको लागि हेलिकोप्टरहरु त्यसतर्फ पठाइएको बताइएको छ । घटनाबारे विस्तृत विवरण आईनसकेको जनाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी