काभ्रेपलाञ्चोकमा १० हजार घर पुनः निर्माण

काभ्रेपलाञ्चोकमा १० हजार घर पुनः निर्माण

  • बिहिबार, पुस ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 18.4K
    SHARES

बनेपा, ६ पुस ।
काभ्रेपलाञ्चोकमा अहिलेसम्म झण्डै १० हजार घर भूकम्प पीडितले पुनः निर्माण गरेका छन् । भूकम्पका कारण जिल्लामा ७२ हजार ४१७ घरमा क्षति भएको थियो ।

पुनः निर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालय, धुलिखेलका प्रमुख ध्रुव गैडाले अझै भूकम्प पीडितको दुई हजार निवेदन अध्ययनका क्रममा रहेको जानकारी दिनुभयो ।

पीडितले बनाइसकेका घर भूकम्प प्रतिरोधी छन् वा छैनन् त्यसको पनि अध्ययन भइरहेको उहाँले बताउनुभयो । प्रमुख गैडाले काभ्रेपलाञ्चोकको भूकम्प पीडितका लागि आएको रु दुई अर्ब ५० करोडमध्ये चालु आवको भदौदेखि मंसिरसम्म चार महिनामा रु ७६ करोड ३० लाख खर्च भएको जानकारी दिँदै यो खर्च अझै बढ्दै जाने बताउनु भयो ।

जिल्लाको मण्डनदेउपुर नगरपालिकाको चण्डेनीमण्डन, सापिङ, उग्रचण्डीनाला, बनेपाको रविओप, पनौतीको कुशादेवी, पनौतीकै बल्थली, पाँचखाल लगायतका क्षेत्रमा पुनः निर्माण भएको बताइएको छ ।

पुनः निर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालय, धुलिखेलका अनुसार ७२ हजार ४१७ लाभग्राहीमध्ये अनुदान सम्झौता भएका ६५ हजार ७७३ छन ।

त्यसमध्ये प्रथम किस्ता बापतको राहत रकम पाउने ६५ हजार ७७३, दोस्रो किस्ता बापतको राहत रकम पाउने नौ हजार ३१८ र तेस्रो किस्ता बापतको राहत रकम पाउने दुई हजार ९०५ रहेका छन् ।

प्रमुख गैडाले पानीको समस्या, काठको समस्या र दक्ष कामदारको अभावले पनि पुनः निर्माण प्राभावित भएको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी