ट्रम्पले दिए आर्थिक सहयोग रोक्ने ‘धम्की’ : भन्छन्,अमेरिकाबाट अर्बौ सहयोग लिने अनि अमेरिकाविरुद्ध मतदान गर्ने !

ट्रम्पले दिए आर्थिक सहयोग रोक्ने ‘धम्की’ : भन्छन्,अमेरिकाबाट अर्बौ सहयोग लिने अनि अमेरिकाविरुद्ध मतदान गर्ने !

  • बिहिबार, पुस ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौं, पुस ६ । रुसेलमलाई इजरायलको राजधानीको मान्यता नदिने देशलाई आर्थिक सहयोग रोक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जे चेतावनी दिएका छन ।

ह्वाइट हाउसमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले संयुक्त राष्ट्र संघमा जेरुसेलमलाई इजरायलको राजधानीको मान्यता नदिने देशहरुको आर्थिक सहयोग रोक्ने चेतावनी दिएका हुन्े ।

उनले अमेरिकाबाट अर्बौं डलर सहयोग लिने तर अमेरिकाविरुद्ध नै मतदान गर्नेहरुलाई त्यत्तिकै नछाड्ने बताए ।

राष्ट्र संघमा अमेरिकाविरुद्ध मतदान गरे पनि फरक नपर्ने भन्दै उनले त्यस्ता मुलुकको सहयोग रोक्ने स्पष्ट पारे ।

अन्तर्राष्ट्रिय समुदायको आलोचनाका बीच हालै अमेरिकी राष्ट्रपति ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानीको रुपमा मान्यता दिएका थिए ।

अमेरिकाले जेरुसेलमलाई इजरायलको राजधानीको मान्यता दिएको विरोधमा संयुक्त राष्ट्र संघमा पुगेको प्रस्तावमाथि मतदान हुनुपूर्व ट्रम्पको चेतावनी आएको हो ।

राष्ट्र संघमा पुगेको प्रस्तावको मस्यौदामा अमेरिकाको नाम उल्लेख नगरी जेरुसेलमका विषयमा हुने कुनै पनि निर्णय रद्द गर्नुपर्ने उल्लेख छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी